Nepal Chitra

सोमवार, मंसिर ३०, २०७६

Trending Now

भित्रियो इजरायली प्रविधि :

माटोविनै यसरी फल्छ तरकारी, तिलोत्तमाका किसानले देखाए कमाल (भिडिओ)

  • नेपाल चित्र
  • मङ्लबार, कार्तिक १९, २०७६
माटोविनै यसरी फल्छ तरकारी, तिलोत्तमाका किसानले देखाए कमाल (भिडिओ)

बुटवल । माटोमा गरिँदै आएको खेती प्रणाली छोडेर रुपन्देहीमा आधुनिक पद्धतिमा तरकारी खेती शुरु भएको छ । तिलोत्तमा नगरपालिका–३ विष्णुपुरामा खोलिएको लुम्बिनी हाइड्रोपोनिकले माटोविनै तरकारी खेती थालेको हो । झण्डै दुई वर्ष अघिदेखि सञ्चालनमा रहेको यस कृषि फार्मले हाइड्रोपोनिक प्रविधि अपनाएर साग लगायतका झालजन्य तरकारी खेती गरिरहेको छ ।

यस इजरायली प्रविधिमा बोटविरुवालाई माटोबाट प्राप्त हुने खाद्य तत्वहरु (नाइट्रोजन, पोटासियम र फस्फोरस) विद्युतिय प्रणालीमार्फत पानीमा घोलेर विरुवाको जरासम्म पुर्याउने गरिन्छ । जसले गर्दा विरुवा माटोविनै सप्रिन्छ । प्लास्टिक र जालीले घेरिएको फार्ममा नियन्त्रित (बोटविरुवालाई आवश्यक जति मात्र) तापक्रम बनाइन्छ । चारैतिर घेरिने भएकाले किराबाट संक्रमण हुन पाउँदैन ।

बाहिरबाट जालीमार्फत छिर्ने हावालाई बाहिर फाल्ने पंखा राखिन्छ । जसले गर्दा तापक्रम ३२ देखि ३५ डिग्रीभन्दा बढ्न पाउँदैन । लुम्बिनी हाइड्रोपोनिकले साग, करेला, बियाँ नहुने कांक्रो, क्याप्सीकम, गोलभेंडा लगायतका तरकारीको खेती गरिरहेको छ । यो प्रविधिबाट माटोबाट भन्दा दोब्बर उत्पादन लिन सकिने सञ्चालकको दाबी छ ।

झण्डै एक विघा क्षेत्रफल भाडामा लिएर खोलिएको यो फार्ममा हाल चार वटा ग्रीन हाउस र दुई वटा नेट हाउस बनाइएको छ । ओमानको एक होटलमा झण्डै १० वर्ष काम गरेर स्वदेश फर्किएका अर्घाखाँची डिभर्नाका ईश्वर पौडेलको यस योजनालाई उनका नातेदारले पनि साथ दिए र फार्म सञ्चालनमा आयो ।

थप भिडिओमाः

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै

सिफारिस

नेभिगेशन

हाम्रो बारेमा

नेपालचित्र डटकममा समाजका विभिन्न आयाम, परिवेश, मौलिकता झल्कने विषयवस्तुका साथै समसामयिक घटनाक्रम पढ्न र हेर्न पाइनेछ । ‘नामअनुसार काम’ भनेझैं नेपालचित्रले विशेषतः भिडिओ सामग्रीमा जोड दिनेछ । [विस्तृत]

हाम्रो टिम

प्रकाशक – किरण पाैडेल/विशाल सापकाेटा

सम्पर्क

ठेगाना : अनामनगर, काठमाडौं

फोन : ९८४५२२८६२७, ९८४३८३९२३४

इमेल : [email protected]

© copyright 2016-2019 and all right reserved to Nepal Chitra | Site By : SobizTrend Technology