Nepal Chitra

सोमवार, मंसिर ३०, २०७६

Trending Now

मायाको कथा :

केपी किरण शर्मा, जसले चेपाङ बालबालिकाको दायित्व उठाए (भिडिओ)

  • नेपाल चित्र
  • मङ्लबार, भदौ ३१, २०७६
केपी किरण शर्मा, जसले चेपाङ बालबालिकाको दायित्व उठाए (भिडिओ)

चितवन । असाहय र सीमान्तकृत चेपाङ बालबालिकाका अभिभावक । केपी किरण शर्माको छोटो परिचय हो यो । चन्दा सहयोग उठाएर चितवनको रत्ननगर नगरपालिकामा गामबेशीको चेपाङ संरक्षण केन्द्र सञ्चालन गर्दै आएका केपी किरण शर्माको दैनिकी चेपाङ बालबालिका स्याहार्दैमा बित्छ ।

वैदेशिक रोजगारीबाट फर्किएर पूर्व पत्रकार समेत रहेका शर्माले खोलेको केन्द्रमा हाल १६५ जना चेपाङ बालबालिका छन् । उनीहरु आवासिय सुविधा सहित नजिककैको विद्यालयमा पढ्छन् । चेपाङ बालबालिकाको अभिभाव क बन्ने सोच कसरी आयो त ? उनी भन्छन् ।

सात वर्षसम्म लेबरको रुपमा उनले युएईमा काम गरे । शर्माले साथीभाइसँग मिलेर दुवईमै नेपाली समाचार नाम पत्रिका निकाले । त्यहीबाट सुरु भएको थियो दिनदुःखीको लागि काम गर्ने उनको अभियान ।

नेपाल फर्किएर पनि उनले चेपाङकै बारेमा लेख्ने पत्रिका निकाले । चितवनको विकट क्षेत्र डुल्दै चेपाङ परिवारलाई सघाउन थाले । विद्यार्थीलाई छात्रावृत्ति दिए । तर, त्यसले प्रगति देखिएन ।

छात्रावृत्ति र सहयोग प्रभावकारी नदेखिएपछि उनले सिद्धि र काउलेको संगम चौकी भंज्याङ डाँडाबाट २५ जना बालबालिकालाई तल झारे । बिना योजना एकाएक थपिएको जिम्मेवारीलाई शर्माले कुशलताको पूर्वक निभाए । खोलेसिमलको एक विद्यालयमा राखेर उनीहरुलाई आफूसँग जे छ त्यही खुवाए खाए ।

२५ जना चेपाङ बालबालिकाकाको लालनपालन त्यतिबेला कठीन थियो उनलाई । त्यसैले उनले सहयोग उठाउने निधो गरे । बोरा बोकेर खोलेसिमल बजार डुलेको र मानिसहरुले साथ दिएको सम्झिँदा हिजो जस्तै लाग्छ उनलाई ।

त्यसो त शर्मालाई सहयोग उठाएर अपचलन गर्न लाग्यो भन्ने खालका आक्षेप पनि लागे । तर, ति सबैलाई वेवास्ता गर्दै आफैंले उठाएएको जिम्मेवारी बहन गर्दै गए उनले । उनले ल्याउँदा अक्षर समेत नचिन्ने बालबालिका अहिले कक्षा ९ मा पढ्ने भइसकेका छन् । केही फरक क्षमता भएका त सिभिल इञ्जिनियर पढ्ने भइसके ।

चेपाङ बालबालिकाको दायित्व लिनुअघि नै शर्माले परिवारलाई सम्झाई सकेका थिए । वैदेशिक रोजगारीबाट आर्जन गरेको सम्पत्तिले उनले घर व्यवस्थापन गरिसकेका थिए । दुई छोराको सम्पूर्ण दायित्व पनि श्रीमतीलाई सुम्पेर चेपाङ बालबालिकाको सेवामा लागेको उनी बताउँछन् ।

चेपाङ वस्ती डुलेर पारिवारिक अवस्था आँकलन कमजोर आर्थिक अवस्था रहेकाहरुलाई सघाउँदै आएका छन् शर्माले । खानाको समेत धौ धौ हुने अवस्थामा रहेका परिवारका बालबालिकालाई ल्याएर उनले शिक्षा दिक्षा दिइरहेका छन् ।

सीमान्तकृत चेपाङ समुदाय अझै पनि छायाँमा छन् । विकट पहाडी क्षेत्रमा बसोबास गर्ने यो समुदायको जीवनस्तर उकास्न औपचारिक शिक्षा महत्वपूर्ण हुने शर्माको ठम्माइ छ । केन्द्रमा बसेर उच्च शिक्षा हासिल गरेपछि चेपाङ बालबालिका सजिलै समाजमा स्थापित हुने उनी बताउँछन् ।

केन्द्रको आन्तरिक वातावरण पनि रमाइलो छ । उमेरले जेठा दाइदिदीहरुले मिलेर पालैपालै खाना बनाउँछन् सरसफाइ गर्छन् । साना कक्षाका बालबालिकालाई ठूला कक्षाका विद्यार्थीले पढ्नमा सघाउँछन् । यसले बालबालिकालाई व्यवहारिक बनाउने उनको बुझाइ छ । केन्द्रका बालबालिकाहरु अनुशासित त छन् नै विद्यालयमा समेत पुरस्कृत हुने गरेका छन् ।

पहिले सडक, टोलमा माग्दै खाद्यान्न संकलन गर्दै आएका केपी किरण शर्माले पछिल्लो समय प्रविधिको उपयोग गर्न थालेका छन् । सहयोगको भरमा चल्दै आएको केन्द्रका लागि शर्माले सकेसम्म खाद्यान्न र लत्ताकपडा नै दिन आग्रह गर्छन् ।

५२ रुपैयाँबाट शुरु भएको चेपाङ बालबालिका पढाउने अभियान अहिले करोडौंमा चलिरहेको छ । भौतिक संरचना मात्रै तीन करोड भन्दा बढीको बनेका छन् । केपी किरण शर्माले सुरु गरेको अभियानमा अहिले धेरैको साथ छ । सबैले सहयोग गरेकै कारण अहिले यस्तो अवस्थामा पुगेको केपी किरण बताउँछन् ।

जीवनको ५०औं वसन्त पार गरिसकेका केपी किरण शर्मालाई अझै केही वर्ष सक्रिय भएर काम गर्न मन छ । त्यसपछि यो पुण्य कार्यको नेतृत्व कसैलाई सुम्पिने योजना छ उनको ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै

सिफारिस

नेभिगेशन

हाम्रो बारेमा

नेपालचित्र डटकममा समाजका विभिन्न आयाम, परिवेश, मौलिकता झल्कने विषयवस्तुका साथै समसामयिक घटनाक्रम पढ्न र हेर्न पाइनेछ । ‘नामअनुसार काम’ भनेझैं नेपालचित्रले विशेषतः भिडिओ सामग्रीमा जोड दिनेछ । [विस्तृत]

हाम्रो टिम

प्रकाशक – किरण पाैडेल/विशाल सापकाेटा

सम्पर्क

ठेगाना : अनामनगर, काठमाडौं

फोन : ९८४५२२८६२७, ९८४३८३९२३४

इमेल : [email protected]

© copyright 2016-2019 and all right reserved to Nepal Chitra | Site By : SobizTrend Technology