Nepal Chitra

सोमवार, मंसिर ३०, २०७६

Trending Now

अनाैठाे प्रतिभा :

पिपलकाे पातमा काेर्छन् मान्छेकाे चित्र, आर्टमा यस्तो लगाव (भिडिओ)

  • नेपाल चित्र
  • शुक्रबार, भदौ २७, २०७६
पिपलकाे पातमा काेर्छन् मान्छेकाे चित्र, आर्टमा यस्तो लगाव (भिडिओ)

चितवन । पिपलको पातमा मान्छेको आकृति । सुन्दै अचम्म लाग्ने यो प्रतिभाका धनि हुन् निरज खनाल । चितवनको पदमपुर निवासी निरज खनालले पिपलको पातमा दुरुस्तै मान्छेको आकृति बनाइदिन्छन् । अहिलेसम्म उनले बलिउड र कलिउडका चर्चित कलाकारदेखि चर्चामा रहेका विभिन्न व्यक्तिको आकृति पिपलको पातमा कोरेका छन् ।

निरजलाई पिपलको पातमा मान्छेको आकृति बनाउन पेन्सिल र ब्लेड भए पुग्छ । पहिले पेन्सिलले कोर्छन् । त्यसपछि त्यसलाई ब्लेडले काटेर दुरुस्तै मान्छेको आकृति बनाइदिन्छन् । उनले बनाएका चित्र पृष्ठभूमि सेतो राखेर वा आकासतर्फ फर्काएर हेर्दा प्रष्ट देखिन्छन् । हेर्नुहोस् उनले पिपलको पातमा बनाएको केही चर्चित व्यक्तिहरुको चित्र ।

उनी सामाजिक संजाल टिकटकमा भाईरल छन् । यो भिडियो तयार पार्दासम्म टिकटकमा उनलाई ८० हजार भन्दा धेरैले पछ्याईरहेका छन् । सामान्यतः पिपलको पातमा मान्छेको चित्र बनाउन उनलाई झण्डै दुई घण्टा लाग्छ । पेपरमा स्केच कोर्दै आएका निरजले रहरै रहरमा पिपलको पातमा पनि चित्र बनाउन शुरु गरेका थिए । अहिले यो व्यवसायिक समेत बन्न थालेको छ ।

निरजले एउटा चित्र बनाए वापत दुई हजार रुपैयाँसम्म लिने गरेका छन् । जसमा पिपलको पातमा बनाइएको चित्र उपहार हुनेछ । जस्ताको त्यस्तै चित्र बनाउने निरज पढ्न पनि सिपालु छन् । उनी अहिले विज्ञान विषयमा वनस्पती शास्त्र अध्ययन गरीरहेका छन् । सादा पानामा पेन्सील दौडाएर होस वा पीपलको पात काटेर दुरुस्तै चित्र बनाउने निरजलाई कुनै दिन पढ भन्न परेन ।

रहर मेट्नको लागि मात्रै चित्र बनाएको बताउने निरज भविष्यमा भने वनस्पती शास्त्री बन्ने सोचमा छन् । उनै प्रतिभाका धनीसँग हामीले कुराकानी गरेका छौ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै

सिफारिस

नेभिगेशन

हाम्रो बारेमा

नेपालचित्र डटकममा समाजका विभिन्न आयाम, परिवेश, मौलिकता झल्कने विषयवस्तुका साथै समसामयिक घटनाक्रम पढ्न र हेर्न पाइनेछ । ‘नामअनुसार काम’ भनेझैं नेपालचित्रले विशेषतः भिडिओ सामग्रीमा जोड दिनेछ । [विस्तृत]

हाम्रो टिम

प्रकाशक – किरण पाैडेल/विशाल सापकाेटा

सम्पर्क

ठेगाना : अनामनगर, काठमाडौं

फोन : ९८४५२२८६२७, ९८४३८३९२३४

इमेल : [email protected]

© copyright 2016-2019 and all right reserved to Nepal Chitra | Site By : SobizTrend Technology