Nepal Chitra

सोमवार, मंसिर ३०, २०७६

Trending Now

टाेली घाेषणा :

साग महिला फुटबलका लागि ३२ खेलाडी छानिए

  • नेपाल चित्र
  • आइतवार, भदौ १५, २०७६
साग महिला फुटबलका लागि ३२ खेलाडी छानिए

काठमाडौं : १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला फुटबल टोलीको नामावली सार्वजनिक गरेको छ। प्रारम्भिक चरणमा ३२ खेलाडीको नाम सार्वजनिक भएको हो।

आउँदो मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने प्रतियोगिताका लागि ४२ खेलाडी मध्येबाट प्रारम्भिक चरणमा ३२ खेलाडी छानिएको एन्फाले जनाएको छ।

नेपाली महिला टोलीका मुख्य प्रशिक्षक हरि खड्काका अनुसार १० जना खेलाडी पहिलो चरणमा टिम बाहिर रहनेछन्। खड्काले सागलाई मध्यनजर गर्दै गत साउन २६ गतेदेखि प्रशिक्षण सुरु भइसकेको जानकारी दिए।

नेपाली महिला टोलीले एन्फा कम्लेक्स सातदोबाटो र नक्सालस्थित प्रहरी मुख्यालय खेल मैदानमा प्रशिक्षण गरिरहेको छ।

साग महिला फुटबलका सबै प्रतियोगिता पोखरा रंगशालामा हुने तय भएको छ।

टोलीमा जो छानिए

गोलकिपर : एन्जिला सुब्बा, अन्जना राना मगर, उषा नाथ।

डिफेन्डर : हिरा कुमारी भुजेल,गीता राना, मनमाया लिम्बु, निशा थोकर, पुनम जर्गा मगर, विमला विके, पूजा राना मगर, रोजिना श्रेष्ठ,घिम कुमारी गुरुङ, अमृता जैसी, कविता धिमाल

मिडफिल्डर : अन्जली कुमारी योन्जन, रेनुका नगरकोटी, अनिता बस्नेत, इन्दिरा राई, विमला चौधरी, दीपा राई, सपना लामा, शर्मिला थापा, सविता राना मगर, प्रिती राई।

फरवार्ड : सावित्रा भण्डारी, अनिता केसी, रेखा केसी, रेखा पौडेल, निरु थापा, कृष्णा खत्री, रश्मी कुमारी घिसिङ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै

सिफारिस

नेभिगेशन

हाम्रो बारेमा

नेपालचित्र डटकममा समाजका विभिन्न आयाम, परिवेश, मौलिकता झल्कने विषयवस्तुका साथै समसामयिक घटनाक्रम पढ्न र हेर्न पाइनेछ । ‘नामअनुसार काम’ भनेझैं नेपालचित्रले विशेषतः भिडिओ सामग्रीमा जोड दिनेछ । [विस्तृत]

हाम्रो टिम

प्रकाशक – किरण पाैडेल/विशाल सापकाेटा

सम्पर्क

ठेगाना : अनामनगर, काठमाडौं

फोन : ९८४५२२८६२७, ९८४३८३९२३४

इमेल : [email protected]

© copyright 2016-2019 and all right reserved to Nepal Chitra | Site By : SobizTrend Technology