Nepal Chitra

मङ्लबार, मंसिर २४, २०७६

Trending Now

स्केच म्यानः

‘लाइभ स्केच’मा रमाउने निश्चल, आर्टमा खोज्दैछन् भविष्य

  • नेपाल चित्र
  • आइतवार, भदौ १५, २०७६
‘लाइभ स्केच’मा रमाउने निश्चल, आर्टमा खोज्दैछन् भविष्य

पोखरा । क्यामेराले फोटो खिचे झैं गरी मान्छेको आकृति कुनै पानामा उतार्न सकिएला ? सामान्य मानिसका लागि यो असम्भव नै हो । पोखराको लेकसाइडमा भेटिन्छन् निश्चल गुरुङ । उनले अघिल्तिर भएका मान्छेको आकृति दुरुस्तै उतार्छन् ।

पर्वतका स्थायी बासिन्दा निश्चल हाल कास्कीको बिन्दाबासिनीमा बस्दै आएका छन् । प्लस टू मा फाइन आर्ट अध्ययनरत निश्चललाई बुबा हिमाल गुरुङको पनि साथ छ । बिन्दाबासिनीबाट अपरान्ह ४ बजेतिर लेकसाइड आइपुग्छन् उनीहरु । मनोरम पर्यटकीय क्षेत्र लेकसाइडमा सधैं स्वदेशी तथा विदेशी पर्यटकको घुँइचो रहन्छ ।

हाल दैनिक एक देखि तीन वटासम्म लाइभ स्केच बनाउने गरेको निश्चल बताउँछन् । कहिले एक जना पनि स्केच बनाउन चाहने मान्छे भेटिँदैन, अनि यसै फर्किनु पनि पर्छ, उनी भन्छन् । निश्चलले स्केच बनाइरहँदा वरीपरी जम्मा भएका मानिस निकै चाख मानेर हेर्छन् ।

लाइभ स्केच कोर्दै आएका निश्चलले झण्डै १५ देखि २० मिनेटमा एक जना व्यक्तिको स्केच कोरिसक्छन् । पोखरा भित्र कसैले फोन गरेर बोलाए त्यहाँ गएर पनि स्केच कोर्छन् उनले । जसवापत उनले ५०० रुपैयाँ लिने गरेका छन् । स्केच राम्रो हुँदा खुशी हुने भेटिन्छन् नै अलिकति बिग्रिए रिसाउँदै गाली गर्नेहरु पनि भेटिएको निश्चल बताउँछन् ।

स्केच अझै राम्रोसँग कोर्न आफूले त्यही विषय अध्ययन गरिरहेको उनी बताउँछन् । फाइन आर्ट पढ्दै गरेका निश्चललाई चित्रमै भविष्य बनाउन मन छ । उनले लाइभ स्केच बाहेक अन्य चित्र पनि कोर्ने गरेका छन् । फुर्सदमा विभिन्न कलाकार, पर्यटकीय क्षेत्र लगायतका चित्र पनि कोर्छन् उनले ।

अहिले व्यवसायिक बन्न नसकेपनि अध्ययन सकेपछि आर्ट स्कुल नै खोल्ने उनको योजना छ । उनीसँग हामीले कुराकानी गरेका छौं ।

हेर्नुहाेस् भिडिओः

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै

सिफारिस

नेभिगेशन

हाम्रो बारेमा

नेपालचित्र डटकममा समाजका विभिन्न आयाम, परिवेश, मौलिकता झल्कने विषयवस्तुका साथै समसामयिक घटनाक्रम पढ्न र हेर्न पाइनेछ । ‘नामअनुसार काम’ भनेझैं नेपालचित्रले विशेषतः भिडिओ सामग्रीमा जोड दिनेछ । [विस्तृत]

हाम्रो टिम

प्रकाशक – किरण पाैडेल/विशाल सापकाेटा

सम्पर्क

ठेगाना : अनामनगर, काठमाडौं

फोन : ९८४५२२८६२७, ९८४३८३९२३४

इमेल : [email protected]

© copyright 2016-2019 and all right reserved to Nepal Chitra | Site By : SobizTrend Technology