Nepal Chitra

मङ्लबार, मंसिर २४, २०७६

Trending Now

ब्याक टू नेचर :

‘प्रकृतिका दूत’लाई प्रश्न : विदेशी पर्यटकलाई गोठधन्दा गर्न लगाउने सोच कसरी आयो ?

  • नेपाल चित्र
  • शनिबार, भदौ १४, २०७६
‘प्रकृतिका दूत’लाई प्रश्न : विदेशी पर्यटकलाई गोठधन्दा गर्न लगाउने सोच कसरी आयो ?

पोखरा । म्याग्दीका दाजुभाई डम्बर र डेम पुन पछिल्ला १९ वर्षदेखि नेपालको पर्यटन र होटेल व्यवसायमा सकृय छन् । काठमाडौंको ठमेलमा उनीहरुको बुद्ध बार रेस्टुरेन्ट छ भने पोखराको डाँडाखर्कमा ब्याक टू नेचर रिसोर्ट । दुवै ठाउँमा गरी उनीहरुले भण्डै ४० जनालाई रोजगारी दिएका छन् ।

म्याग्दीको पाउद्धारस्थित मूलपानीमा जन्मिएका यी दाजुभाई व्यवसायको लागि पोखरा झरे । पोखराबाट थप भविष्य खोज्न भन्दै काठमाडौं उक्लिएका उनीहरु अहिले भने फेरी डाँडापाखामै पुगेका छन् ।

पोखराको लेकसाइडबाट पामे हुँदै झण्डै ४५ मिनेटको पैदल यात्रापछि ब्याक टू नेचर रिसोर्टमा पुग्न सकिन्छ । बढ्दो सहरीकरणले गाउँले परिवेश मासिँदै गएको र विदेशीले पनि नेपालको ग्रामिण जीवनको अनुभव बटुल्न रहर गर्ने देखेर रिसोर्ट खोलेको संस्थापक पुनद्वय बताउँछन् ।

रिसोर्टमा छिमेकी भारतसहित युरोपसम्मका पर्यटक आएर गाउँले जीवन बिताउँदै प्रकृतिको काखमा रमाउँछन् । विलासी भन्दा पनि ग्रामिण जीवन बिताउन चाहनेहरु आफ्नो रिसोर्टमा आउन सक्न संस्थापक डम्बर पुन तर्क गर्छन् । प्रस्तुत छ नेपाल चित्रले उनीसँग गरेको कुराकानीः

ब्याक टू नेचरको अवधारणा कसरी आयो ?

यो चाहीं खासमा हाम्रो एउटा फेमली विजनेस हो । फेमली रिट्रिट फार्म रिसोर्ट भनौ न । यसमा चाहीं खासमा म डम्बर पुन र मेरो भाई डेम पुन छौं । यो ब्याक टू नेचरको नामाकरण कसरी गरियो भन्दा हामी पाँच सात जना विदेशी साथी लगायत हामी दुई दाजुभाई थियौ ।

यसको न्वारन गर्ने कुरामा सबैले आ—आफ्नो ओपनियन भने, कसैले रिट्रिट भने । कसैले सीनीयारिटी भने । कसैले फार्म रिट्रिट भने । यसरी भन्ने क्रममा मेरो पालो आयो । अनि मैले सोचें की म गाउँबाट पोखरा झरे । पोखराबाट राजधानी गएँ । अनि फेरी राजधानीबाट जंगलको बीचमा आएपछि मैले ह्वाट डू थिंक एबाउट ब्याक टू नेचन भन्दा यसमा सबैले सहमती जनाए अनि त्यहीबाट ब्याक टू नेचर नाम रहन गएको हो ।

हाम्रो कन्सेप्ट के त भन्दा, सहरको मान्छेलाई एउटा गाउँ के हो ? नेचर के हो ? त्यसको बारेमा बताउने मात्रै हो । ब्याक टू नेचर रिसोर्ट भन्दाखेरी मान्छेले रिसोर्टमा पाईने सबै सेवा सुविधा होला भन्ने सोच्छन् तर त्यो होइन हाम्रो नेचरसँग रिलेटेड रिसोर्ट हो ।

ताकी तपाईं नेचरसँग रमाउन सक्नु पर्यो । थप हामीले के भन्ने गरेका छौ भने, ‘ब्याक टू नेचर डज नट गिभ्स यु लक्जरियस दीस अलवेज गिभ्स एक्सप्रियन्स’ । यो हाम्रो आफ्नै स्लोगन पनि हो । हामी प्रकृतिसँग अनेक गतिविधि गराएर पाहुनालाई प्रकृतिसँग जोडिएको सन्तुष्टि दिन सक्छौं । दिईराखेका पनि छौं ।

पहिला यसको अवधारणा तय भएकै थियो कि ? नाम जुरेपछि नाम अनुसारकै काम गर्न थाल्नुभएको हो ?

सहरीकरण भएपछि सहरमा एक प्रकारको उथलपुथलको जीवन देख्न थालियो । त्यो देख्दा कतै हाम्रो जीवन पनि त्यो दलदलमा नफसोस् भन्ने लाग्यो । खासमा आफूले आँफैलाई रिट्रिट गर्नको लागि यो ठाउँ लिएको हो । पछि आफैं व्यापार व्यवसाय बन्दिन पुग्यो ।

कति वर्ष भयो सुरु गर्नुभएको ?

सन् २०११ मा हामीले जग्गा किनेको हो । जग्गा किनेपछि सम्याउन २ बर्ष लाग्यो । त्यसपछि यो अहिले बसीरहेको गाउँले घर बनाइयो । पर्यटक आउन थालेको सन् २०१५ बाट हो । पछिल्लो तीन वर्षले राम्रै ब्याकअप पनि बनेको छ । अहिले राम्रो छ ।

तपाईंको रिसोर्टमा आउने विदेशीहरुले के के गर्छन् ?

हाम्रो सेवा प्याकेज सिस्टमान छ । जस्तैः वान नाइट टू डेज, टु नाइट थ्री डेज, थ्री नाईट फोर डेज, फोर नाईट फाइभ डेज विभिन्न किसिमको छ । त्यसमा सेभेन नाइट एट डेजसम्म बसेको रेकर्ड छ ।

तपाईंकोमा आएर गोठ, बारीमा काम गर्ने विदेशी चाहिं कुन प्याकेजमा पर्छन् ?

खाले पेमेन्टमा छ । उनीहरु पैसा तिर्छन् तर काम गर्ने समय कम हुन्छ । अर्को उनीहरुलाई खान–बस्न सबै दिन्छौं उनीहरुले दैनिक ६ घण्टा काम गर्नुपर्ने हुन्छ । त्यसमा हामीले सुरुमा उनीहरुले जानेको काम के हो ? त्यसको पहिचान गरिन्छ ।

भन्दा उनीहरुले जानेको काम पाए उनिहरुलाई नै सजिलो भयो । फेरी उनीहरुले काम जानेको छैनन् भने काम सिकाइन्छ । फार्ममा कसरी काम गर्ने ? भान्छामा कसरी काम गर्ने ? तरकारी कसरी रोप्ने, बगैँचामा कसरी काम गर्ने ? त्यो सिकाएपछि उनीहरुले त्यसै अनुसारनै काम गर्छन् ।

यसलाई अझ प्रष्ट पारिदिनुस त ।

होयर डज मिल्क कम फ्रम ? भने सोध्दा आजकलका बच्चाहरुले इट कम्स फ्रम प्याकेट भन्न थाले । हुन त दुध प्याकेटबाट आउने होइन नि । यी कुराहरुलाई प्राकृतिक तरिकाले चिरफार गर्दा उनीहरुसँग त पैसा लिन पर्यो ।सम्बन्धित स्कुल, क्याम्पससँग सम्झौता गरेर ल्याइन्छ अनि पैसा पनि लिइन्छ । एउटा यो भयो । अर्को स्वयंसेवकको रुपमा काम गर्न चाहनेलाई पैसा नलिई उल्टै खान बस्न दिएर दैनिक ६ घण्टा काम लगाउने गरेका छाैं ।

अहिले काम गरिरहेका सबै चार जना स्वयंसेवक हुन् ?

यी चारै जना स्वयंसेवक हुन् । जुन दिन उनीहरुले भोलेन्टियरको रुपमा काम गर्दैनन् त्यो दिनको पैसा तिर्छन् । त्यो हाम्रो नियम छ ।

तपाईंको रिसोर्टमा स्वदेशी, विदेशी पर्यटक सबै आउँछन् । को धेरै जाँगरिला हुँदा रहेछन् ?

विदेशीलाई एक पटक काम लगाएपछि निकै जाँगरले काम गर्छन् । उनीहरुलाई रुचिको कुरो पनि भयो । उनीहरुले आफ्नो देशमा कहिल्यै नगरेको काम हुन्छ । नौलो भएपछि जाँगर भनेको त्यसै आउने रहेछ । त्यसैले उनीहरुले निकै मज्जा लिएर काम गर्छन् । भारी बोक्नेदेखि लिएर तरकारी रोप्ने, भान्छादेखि गोठसम्म सबै काम रमाइलो मानेर गर्छन् । शुरुमा जानी नजानी गर्छन् पछि त राम्रै गर्छन् ।

काम गरेपछि यिनीहरु सन्तुष्ट पनि हुन्छन् ?

सन्तुष्टि नै छ यिनिहरुलाई । सन्तुष्ट नभएको भए १५/१५ दिन किन बस्थे होलान् र ?

काम लगाउन कत्तिको सजिलो छ ?

ब्याक टू नेचरको एउटा नियम छ । त्यो नियम भित्र बसेर काम गर्ने हो भने सजिलो छ । हाम्रो पालना गर्न तयार भएपछि उनीहरु यहाँ आउने हो । नियम पालना गर्नुहुन्छ भने आउनुहोस् भन्छौं । उनीहरु सहमत भएपछि काम गर्न थाल्ने हुन् ।

नियमहरु के के छन् ?

यहाँ आउन नेचर लभर त हुनै पर्यो । प्रकृति विपरित काम गर्नै पाइन्न । यहाँ आएर जिवजनावरलाई जिस्काउने, मार्ने गर्न पनि पाइएन । लागु औषध सेवन गर्न पाइदैन । हातहतियारको प्रयोग गर्न पाइएन । स्थानीय चेलिबेटीको सम्मान गर्न पर्यो । त्यो लगायत ब्याक टू नेचरको सरसफाईदेखि लिएर खाने कुरा र सुत्ने बेलासम्मको अनुशासन पालना गर्नुपर्ने हुन्छ ।

ब्याक टू नेचर रिसोर्टमा अहिलेसम्म कति जना विदेशीले काम गरे होलान् ?

विदेशी २५ जना जतिले गरे होलान् । अहिले भईराखेका अष्ट्रेलियन, पोर्चुगल, न्युजिल्याण्डबाट नेपाल घुम्न आएका हुन् । यो भन्दा अगाडि युरोप लगायत अन्य देशका आएर काम गरेका थिए ।

एकपटक गएकाहरु फेरी फर्किएका आएका छैन की छैनन् ?

अब तपाईंहरुको मार्फत थप धेरै आउलान् त्यो आफ्नो ठाउँमा छ । तर हाम्रो माउथ पब्लिटिसी नै हो । एक जना आउछ उसलाई राम्रो लाग्यो भने आफ्ना साथीभाई आफन्तलाई भन्छ अनि उनिहरु आउछन् । हाम्रो आउने पाहुना त्यस्ता बढी छन् ।

दाजुभाई भिलेर विदेशीलाई काम लगाउनुभएको छ । कस्तो लाग्छ ?

कस्तो भन्दा सबै नेपाली दाजुभाई विदेशमा गएर काम गर्छन् । हामी भने विदेश गएकाले पनि स्वदेशमै केही गरौं न त । हाम्रो दाजुभाई सोच पनि कृषि प्रधान मुलुक कृषि मै केही गरौं भन्ने भयो । हामी खुशी छांै । आनन्द आएको छ ।

रिसोर्ट चलाउन पनि पर्यो । अनि सबै स्वयंसेवकका रुपमा काम गर्न र बस्न आए भने त घाटा होला नि ?

सबै भोलेन्टियर गर्न आए भने उत्पादन बढ्छ देशलाई नै फाईदा हुन्छ । हामीलाई खासै फरक पर्दैन धान्न सक्छौं ।

थप कुराकानी माथीको भिडियोमा सुन्दै हेर्दै गर्नुहोस्ः

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै

सिफारिस

नेभिगेशन

हाम्रो बारेमा

नेपालचित्र डटकममा समाजका विभिन्न आयाम, परिवेश, मौलिकता झल्कने विषयवस्तुका साथै समसामयिक घटनाक्रम पढ्न र हेर्न पाइनेछ । ‘नामअनुसार काम’ भनेझैं नेपालचित्रले विशेषतः भिडिओ सामग्रीमा जोड दिनेछ । [विस्तृत]

हाम्रो टिम

प्रकाशक – किरण पाैडेल/विशाल सापकाेटा

सम्पर्क

ठेगाना : अनामनगर, काठमाडौं

फोन : ९८४५२२८६२७, ९८४३८३९२३४

इमेल : [email protected]

© copyright 2016-2019 and all right reserved to Nepal Chitra | Site By : SobizTrend Technology