Nepal Chitra

मङ्लबार, मंसिर २४, २०७६

Trending Now

लागु औषधको दलदल :

एचआईभीले रित्तिएको जिन्दगी ! भरिने आश छ, भर्दिने कसले ?

  • किरण पौडेल
  • शुक्रबार, भदौ १३, २०७६
एचआईभीले रित्तिएको जिन्दगी ! भरिने आश छ, भर्दिने कसले  ?

काठमाडौंका ४१ वर्षीय सुमन कार्की अहिले एचआईभी विरुद्धको एन्टी रेक्टोरल भाइरल (एआरभी) औषधी सेवन गरिहेका छन् । उनले एअचाईभीसँग लड्न थालेको १७ वर्ष भयो । झापामा छँदा सन् २००२ मा कार्कीले आफू एचआईभी संक्रमित भएको थाहा पाए ।

काठमाडौंमै हुर्किएका सुमन सानै उमेरबाट लागु औषध दुव्र्यसनको दलदलमा फँसे । तर पछि झापा पुगेर उनले आफू जस्तै धेरैलाई दुव्र्यसनको दलदलबाट उतार्ने काम समेत गरे । बाटो बिराएका धेरैलाई बाटो देखाउने काम मात्रै उनले गरेनन् । उनले घर परिवार र समाजसँगको नाता फेरी गाँस्दै थिए । जुन लागु औषधको नसाले खोसिदिएको थियो ।

उनको सातदोबाटोमा सानो घर थियो । श्रीमतीसँगै उनको हुर्कदै गरेको छोरो थियो । त्यो सबै एचआईभी संक्रमित भएपछि सुमनले गुमाउनु पर्यो । अहिले उनीसँग न घर छ । न त मिलेको परिवार नै ।

‘हजुरले संक्रमित भएपछि परिवार गुमाउन पर्यो ?’ ‘खै त अहिले के छ र म सँग’ सुमनले छोटकरीमा जवाफ फर्काए । उनलाई अहिले परिवारको खाँचो छ । माया गर्ने मान्छे चाहिएको छ । ‘अब त्यो खोजेर पाइने पनि होईन’, सुमन भन्छन्, ‘सबै मेरै कारण गुमेको हो ।’

त्यतीबेला गरेको गल्तीको पश्चताप उनलाई अहिले भइरहको छ । एअचाईभी संक्रमित भएपछि अब मर्ने नै हो भन्ने उनलाई लागेको थियो । उनी सँगै बस्ने एक जनाले संक्रमित भएकै कारण ज्यान गुमाएका थिए । जसका कारण उनीमा यस्तो विचारले डेरा जमाएको थियो । उनले आफूले बोकेको एअचाईभीको बारेमा परिवारका सदस्यलाई पनि भन्न सकेनन् ।

‘बिस्तारै मेरो स्वभाव परिवर्तन हुँदै गयो, म फेरि पहिलाकै अवस्थामा फर्किएँ’, उनी सुनाउँदै गए, ‘ड्रग्स खाँदाखाँदा सातदोबाटोको घर उड्यो’, मेरै कारण समाजले मलाई हेर्ने नजर फेर्यो ।’ उनको जोडिँदै गरेको घर भताभुङ्ग भयो ।

हेर्नुहाेस् उनीसँगकाे भिडियाे कुराकानीः

उनका अनुसार एचआईभी संक्रमितको लागि अहिले जस्तो सेवा सुविधा त्यती कहाँ थियो र ?’ अहिले यसकै क्षेत्रमा काम गर्ने धेरै संघसंस्था छन् । समाजमा थोरै नै भए पनि सुधार भएको छ । ‘एआरभी’ एचआईभी विरुद्धको औषधी पनि निःशुल्क पाईन्छ । अहिले उनले त्यही औषधी नियमित रुपमा सेवन गरिरहेका छन् ।

अब भने उनी खुलेर आउन चाहन्छन् । ‘संक्रमित पनि सामान्य मान्छे जस्तै जिवनयापन गर्न सक्छन्’, दुनियाँलाई सुनाउने उनको रहर छ, ‘हो म एचआइभी संक्रमित नै हो’, उनी गर्र्वका साथ भन्न चाहन्छन् । उनलाई अब समाजले के भन्ला ? यसको चिन्ता छैन ।

‘बाटो हिँड्दा पनि अपराधीलाई जसरी हेर्ने नी !’ धेरै पहिला लागु औषध दुव्र्यसनबारे कुनै संचार माध्यममा इन्टरभ्यू दिएर फर्कदा बाटो हिड्ने बटुवाले गरेको व्यवहार भने अहिले पनि उनलाई याद छ । एअचाईभी बोकेर अब उनलाई जिन्दगीको सफर एक्लै गर्नु छ । त्यही भएर उनले अब कम्मर कसेका छन् । उनको परिचयमा एचआईभी संक्रिम थपिएको छ ।

मुलुकमा ३० हजारको सख्यामा एअचाईभी संक्रमित भएको तथ्यांक छ । त्यसमध्ये केहि मात्रै सार्वजनिक भएका छन् । समाजसँग लुकेर औषधी (एआरभी) सेवन गर्ने पनि थुप्रै छन् । अझ धेरैको पहुँचमा त एआरभी पुगेकै छैन । निःशुल्क पाईने एआरभी समेत सेवन नगर्दा धेरैले अकालमा ज्यान गुमाउन परेको छ । अब यहि समस्या समाधानमा जुट्ने सुमनले प्रण गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै

सिफारिस

नेभिगेशन

हाम्रो बारेमा

नेपालचित्र डटकममा समाजका विभिन्न आयाम, परिवेश, मौलिकता झल्कने विषयवस्तुका साथै समसामयिक घटनाक्रम पढ्न र हेर्न पाइनेछ । ‘नामअनुसार काम’ भनेझैं नेपालचित्रले विशेषतः भिडिओ सामग्रीमा जोड दिनेछ । [विस्तृत]

हाम्रो टिम

प्रकाशक – किरण पाैडेल/विशाल सापकाेटा

सम्पर्क

ठेगाना : अनामनगर, काठमाडौं

फोन : ९८४५२२८६२७, ९८४३८३९२३४

इमेल : [email protected]

© copyright 2016-2019 and all right reserved to Nepal Chitra | Site By : SobizTrend Technology