Nepal Chitra

सोमवार, मंसिर ३०, २०७६

Trending Now

ब्याक टू नेचर :

विदेशीले काम गर्ने नेपाली गाउँ, गर्छन् घाँसदाउरादेखि कुटोकोदालो र गोठधन्दासम्म (भिडिओ)

  • नेपाल चित्र
  • बुधबार, भदौ ११, २०७६
विदेशीले काम गर्ने नेपाली गाउँ, गर्छन् घाँसदाउरादेखि कुटोकोदालो र गोठधन्दासम्म (भिडिओ)

पाेखरा । विदेशीहरु नेपाल आएर घाँसदाउरा गरेको देख्नु भएको छ ? पक्कै पनि छैन होला । यति मात्रै हो र, उनीहरु कुटोकोदालो पनि चलाउँछन् र नेपालमा गाउँले जीवन बिताउँछन् ।

रहर र अनुभव बटुल्न भएपनि युरोपबाट कयौं विदेशी यतिबेला कास्कीको डाडाँखर्क पुगेका छन् । पोखरा लेकसाइडबाट झण्डै ९ किलोमीटर माथी छ ब्याक टू नेचर रिसोर्ट । जहाँ आएर विदेशीहरु घाँसदाउरा गर्छन् । गोबर सोहर्छन् ।

डाँडाखर्कको वरीपरीबाट देखिने मनोरम दृश्यले उनीहरुको थकान मेट्छ । जे जति काम हुन्छ मन लगाएर गर्छन् । उनीहरुलाई यसो गर्दा निकै रमाइलो पनि लाग्छ ।
किनकी यस्तो गतिविधि उनीहरुले कहिल्यै गरेका थिएनन् । जंगलबाट खाँबा बोकेर आउँदाको कठिनाई होस् वा खुट्टाभरी जुका लाग्दा, अनुभव नयाँ छ ।

हामीले उनीहरुसँग भलाकुसारी पनि गर्यौं । अष्ट्रेलिया, पोर्चुगल र न्युजिल्याण्डबाट आएका विदेशी पर्यटकको एउटै सन्देश थियो– नेपाल राम्रो छ, यहाँ घुम्न आउनुस् । त्यसो त ब्याक टू नेचर रिसोर्टमा विदेशी मात्रै होइन, नेपाली पर्यटक पनि पुग्छन् ।

हामी त्यहाँ पुग्दा चिकित्सकहरुको एउटा टोली दुई दिन बसेर फर्किने तरखरमा थिए । जाँदा जाँदै हामीले उनीहरुको अनुभव सोध्ने मौका पनि पायौं ।

नयाँ अवधारणसहित सञ्चालनमा आएको ब्याक टू नेचर रिसोर्टले विदेशी पर्यटकलाई नेपाली गाउँले परिवेशमा रमाउने वातावरण बनाइदिएको छ । ब्याक टू नेचर रिसोर्टका सञ्चालक डम्बर पुन यसको जन्म र अवधारणाबारे के भन्छन् ?

हेर्नुहोस् भिडिओः

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै

सिफारिस

नेभिगेशन

हाम्रो बारेमा

नेपालचित्र डटकममा समाजका विभिन्न आयाम, परिवेश, मौलिकता झल्कने विषयवस्तुका साथै समसामयिक घटनाक्रम पढ्न र हेर्न पाइनेछ । ‘नामअनुसार काम’ भनेझैं नेपालचित्रले विशेषतः भिडिओ सामग्रीमा जोड दिनेछ । [विस्तृत]

हाम्रो टिम

प्रकाशक – किरण पाैडेल/विशाल सापकाेटा

सम्पर्क

ठेगाना : अनामनगर, काठमाडौं

फोन : ९८४५२२८६२७, ९८४३८३९२३४

इमेल : [email protected]

© copyright 2016-2019 and all right reserved to Nepal Chitra | Site By : SobizTrend Technology