Nepal Chitra

सोमवार, मंसिर ३०, २०७६

Trending Now

परिश्रमीको कथा :

तरकारी बेचेरै बनाए काठमाडौंमा साढे तीन तले घर, भन्छन्– दुःख गरेअनुसार सुख भाेग्दैछु

  • नेपाल चित्र
  • शनिबार, साउन ३२, २०७६
तरकारी बेचेरै बनाए काठमाडौंमा साढे तीन तले घर, भन्छन्– दुःख गरेअनुसार सुख भाेग्दैछु

मिहिनेत गरे फल पाइन्छ भन्ने थाहा थियो गणेश भण्डारीलाई । त्यसैले त उनले तरकारी बेचेरै साढे तीन तले पक्की घर ठड्याउन सके । त्यो पनि काठमाडौं उपत्यकामा । देशमा रोजगारी भएन भनेर विदेश पलायन हुनेहरुलाई गतिलो उदाहरण बनेका छन् गणेश ।

कामलाई सानो ठूलो भनि छुट्याउन नहुने उनको बुझाई छ । त्यसैल े त झण्डै १७ वर्षदेखि उनी लगातार यही पेसामा छन् । रोचक त के छ भने गणेश तरकारी बोकेरै ग्राहकको दैलोमा पुग्छन् । होटेल, पसल र आवासमा बिहानै तरकारी डेलिभरी दिएर शुरु हुन्छ उनको दैनिकी । यसबाहेक टहरोमै हुने बिक्री छँदैछ ।

ललितपुरको नक्खुस्थित एक टहरोमा उनको तरकारी पसल छ । निजी जग्गामा टहरो राखेवापत भाडा तिर्छन् उनी । बिहान ३ बजे नै उठेर बल्खु तरकारी बजार पुग्छन गणेश । पहिले साइकलमा तरकारी ओसार्थे । अहिले आफ्नै गाडी छ ।

तरकारी बेचेर राम्रै मुनाफा कमाएका छन् गणेशले । घर व्यवहार, छोराछोरीको शिक्षा दिक्षा सबै तिर खर्च पुगेकै छ । कुनै बेला काठमाडौंमा घरबेटीले लगाइदिएको फर्निचर पसलको जागिर छोडेर ठीक गरें भन्ने लाग्छ उनलाई । र त एक हजार रुपैयाँबाट शुरु भएको उनको तरकारी व्यापार अहिले दैनिक ५० हजारको हाराहारीमा पुगेको छ । यही अवधिमा उनले करोडौंको सम्पत्ति जोडे ।

उमेरले ४१ वर्ष पुगेका गणेशलाई अझै केही वर्ष दुःख गर्ने मन छ । छोरीछोरीको उचित व्यवस्थापन गरेरै विश्राम लिने सुनाउँछन् उनी । उनकी जेठी छोरी नसिर्ङ पढ्दै छिन् । कान्छी छोरी प्लस टू र छोरो कक्षा ६ मा काठमाडौंको राम्रै स्कुल अध्ययनरत छन् ।

गणेशको परिश्रमले ८९ वर्षीय आमा भक्तिमाया भण्डारी र श्रीमती पार्वती भण्डारी पनि खुशी छन् । गणेशलाई पछ्याउँदै हामी तरकारीको टहरोदेखि घरसम्मै पुग्यौं । र उनको अतित र सफलताको कथा खोतल्ने प्रयास गरेका छौं ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै

सिफारिस

नेभिगेशन

हाम्रो बारेमा

नेपालचित्र डटकममा समाजका विभिन्न आयाम, परिवेश, मौलिकता झल्कने विषयवस्तुका साथै समसामयिक घटनाक्रम पढ्न र हेर्न पाइनेछ । ‘नामअनुसार काम’ भनेझैं नेपालचित्रले विशेषतः भिडिओ सामग्रीमा जोड दिनेछ । [विस्तृत]

हाम्रो टिम

प्रकाशक – किरण पाैडेल/विशाल सापकाेटा

सम्पर्क

ठेगाना : अनामनगर, काठमाडौं

फोन : ९८४५२२८६२७, ९८४३८३९२३४

इमेल : [email protected]

© copyright 2016-2019 and all right reserved to Nepal Chitra | Site By : SobizTrend Technology