Nepal Chitra

सोमवार, मंसिर ३०, २०७६

Trending Now

भिडियो स्टाेरी :

काठमाडाैंमा जापानी ट्राफिकको सेवा, यसरी सिकाउँदैछिन् ट्राफिक नियम

  • नेपाल चित्र
  • बिहिबार, साउन ३०, २०७६
काठमाडाैंमा जापानी ट्राफिकको सेवा, यसरी सिकाउँदैछिन् ट्राफिक नियम

यी हुन् जापानबाट नेपाल आएकी ट्राफिक । उनको नाम हो आयुमी ओहोसी । ३२ वर्षीय यी युवतीले आफ्नो नेपाली नाम पनि राखि सकेकी छन् । आफूलाई सुप्रभा लामा भनेर चिनाउने यिनी अहिले काठमाडौंमा ट्राफिक प्रहरीसँगै ट्राफिक व्यवस्थापनमा खटिन्छिन् ।

४ महिना पहिले जापानी नियोग जाइका मार्फत काठमाडौं आएकी उनी जापानी पूर्व प्रहरी समेत हुन् । झण्डै ९ वर्ष जापान प्रहरीमा रहेर उनले काम गरिन् । र नेपाल आउनकै लागि सन् २०१८ को अक्टोबरमा जापान प्रहरीबाट राजीनामा दिइन् ।

जापान प्रहरीमा रहँदा आफूले ट्राफिक, सामूदायिक र अनुसन्धानको काम गरेको उनी बताउँछिन् । ‘आफूले सिकेका ज्ञान, सीप र अनुभव जापानी नागरिकको सेवामा खर्चिएँ, नेपाल चित्रसँग उनले भनिन्, अब भने जापानमा सिकेको अनुभव नेपालका नागरिकलाई बाँड्नु छ ।’

नेपाल आउनु अघि उनले जापानमै २ महिना नेपाली भाषा सिकिन् । र यता आएको एक महिना पनि नेपाली भाषा सिक्नमै खर्चिन् । अहिले उनी नेपालीमा सामान्य संवाद गर्न सक्ने भएकी छन् ।

स्वयंसेवक ट्राफिकका रुपमा काम गर्न उनीसँगै जापानबाट अन्य ४ जना पनि नेपाल आएका छन् । ति मध्ये आयुमी र कौशिरोउ सावागुची काठमाडौंमा छन् । अन्य ३ जना भने उपत्यका बाहिरका जिल्लामा खटिएका छन् ।

उनीहरु बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हप्ताको ६ दिन सडकमा ट्राफिक प्रहरीसँगै हुन्छन् । उनीहरुको नेपाल बसाइँ आगामी दुई वर्षको हुनेछ । ५ जना मध्ये आयुमीसँग भने हामीले जापान र नेपालको ट्राफिक व्यवस्थापनको भिन्नता र जटिलताबारे भलाकुसारी गरेका छौं ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै

सिफारिस

नेभिगेशन

हाम्रो बारेमा

नेपालचित्र डटकममा समाजका विभिन्न आयाम, परिवेश, मौलिकता झल्कने विषयवस्तुका साथै समसामयिक घटनाक्रम पढ्न र हेर्न पाइनेछ । ‘नामअनुसार काम’ भनेझैं नेपालचित्रले विशेषतः भिडिओ सामग्रीमा जोड दिनेछ । [विस्तृत]

हाम्रो टिम

प्रकाशक – किरण पाैडेल/विशाल सापकाेटा

सम्पर्क

ठेगाना : अनामनगर, काठमाडौं

फोन : ९८४५२२८६२७, ९८४३८३९२३४

इमेल : [email protected]

© copyright 2016-2019 and all right reserved to Nepal Chitra | Site By : SobizTrend Technology