Nepal Chitra

मङ्लबार, मंसिर २४, २०७६

Trending Now

सारेगमपमा :

नेपालका प्रितम तेस्राे र आयुष चाैंथाे

  • नेपाल चित्र
  • सोमवार, जेष्ठ २७, २०७६
नेपालका प्रितम तेस्राे र आयुष चाैंथाे

काठमाडौं । भारतको चर्चित रियालिटी शो सारेगमप लिटिल च्याम्प्समा नेपालका दुई बालकले उत्कृष्ट प्रस्तुति दिएका छन् । ईटहरिका प्रितम आचार्य र सिन्धुपाल्चोकका आयुष केसी तेस्रो र चौंथो भएका हुन् ।

उत्कृष्ट ९ बाट फाइनल प्रतिस्पर्धाका लागि छनोट भएका ६ मध्ये दुई प्रितम र आयुष तेस्रो र चौंथो भएका हुन् । स्कुले बालबालिका गायन स्पर्धामा सहभागी हुने रियालिटी शोकोे यो सातौँ संस्करण हो ।

को हुन् प्रितम र आयुष ?

२०६५ साल जेठ १० गते जन्मेका हुन् । प्रितमले चार बर्षको हुँदादेखि नै गीत गाउन थालेको आमा राधिका आचार्यले बताइन् । उनी इटहरीको विश्व आदर्श विद्यालयमा कक्षा ६ मा पढ्छन् । रुची नै सङ्गीतमा भएकाले सङ्गीतको अतिरिक्त कक्षाहरुको व्यवस्था गरिदिएको राधिकाले बताइन् ।

२०७३ सालमा नेपालमै भएको सुरशाला जुनियर आइडलमा प्रितम दोस्रो भएका थिए । उनको पढाइ तथा सङ्गीतको थप अध्ययन गर्न जहाँ भए पनि जाने अवस्थामा परिवार पुगेको प्रितमकी आमा राधिकाको भनाइ छ ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका १ ठोकर्पा र प्रितम आचार्य सुनसरीको सुनसरीको इटहरी उपमहानगरपालिका ५ निवासी हुन् । आयुषको परिवार भने हाल भक्तपुरमा बस्दै आएको छ ।

आयुष २०६३ साल साउन ८ गते जन्मेका हुन्। उनका बाबु रामकृष्ण केसीका अनुसार उनले तीन बर्षको उमेरदेखि सङ्गीत सिकेका थिए । उनी भक्तपुरस्थित मोर्डन बोर्डिङ स्कूलमा कक्षा ७ मा पढ्दैछन् ।

२०७३ सालमा उनी नेपालमै आयोजना गरिएको सुरशाला जुनियर आइडलमा उनी विजेता बनेका थिए । आयुषका दिदीहरु पनि सङ्गीतमा दख्खल राख्छन् ।

दिदीहरुका कारण पनि उनलाई सङ्गीतमा लाग्न प्रेरणा छ । अहिले उनी विद्यालयमा पनि सङ्गीत सिक्छन् भने छुट्टै सङ्गीतको शिक्षकको पनि व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै

सिफारिस

नेभिगेशन

हाम्रो बारेमा

नेपालचित्र डटकममा समाजका विभिन्न आयाम, परिवेश, मौलिकता झल्कने विषयवस्तुका साथै समसामयिक घटनाक्रम पढ्न र हेर्न पाइनेछ । ‘नामअनुसार काम’ भनेझैं नेपालचित्रले विशेषतः भिडिओ सामग्रीमा जोड दिनेछ । [विस्तृत]

हाम्रो टिम

प्रकाशक – किरण पाैडेल/विशाल सापकाेटा

सम्पर्क

ठेगाना : अनामनगर, काठमाडौं

फोन : ९८४५२२८६२७, ९८४३८३९२३४

इमेल : nepalchitra.n[email protected]

© copyright 2016-2019 and all right reserved to Nepal Chitra | Site By : SobizTrend Technology