Nepal Chitra

सोमवार, मंसिर ३०, २०७६

Trending Now

राजेश्वर आचार्यसँग भिडियाे वार्ता :

‘मोदी छिमेक कूटनीति सुधार्न चाहन्छन्’

  • नेपाल चित्र
  • शनिबार, जेष्ठ ११, २०७६
‘मोदी छिमेक कूटनीति सुधार्न चाहन्छन्’

११ जेठ, काठमाडौं । भारतीय जनता पार्टीले भारतमा सरकार गठनको पहल सुरु गरेको छ । भारतीय जनता पार्टीको तर्फबाट अब नरेन्द्र मोदी फेरी प्रधानमन्त्री बन्नेछन् ।

लोकसभा चुनावमा प्रचण्ड बहुमत प्राप्त गरेपछि मोदी फेरी प्रधानमन्त्री बन्ने भएका हुन् । दोस्रो कार्यकालको लागि अब चाडैं उनले प्रधानमन्त्रीको रुपमा सपथ ग्रहण गर्दैछन् ।

५ सय ४३ मध्ये ५ सय ४२ सिटमा चुनाव भएको भारतीय निर्वाचन आयोगले जानकारी दिएको छ । निर्वाचन आयोगका अनुसार हिजो दिउँसोसम्म सबै निर्वाचन क्षेत्रको मतपरिणाम आइसकेको छ । निर्वाचनमा मोदीको पार्टी भारतीय जनता पार्टी एक्लैले ३ सय ३ निर्वाचन क्षेत्र कब्जा गरेको छ ।

५ सय ४३ मध्ये ५ सय ४२ सिटमा चुनाव भएकोमा भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन (एनडीए) ले ३ सय ५० निर्वाचन क्षेत्रमा जित हात पारेको भारतीय निर्वाचन आयोगले जानकारी दिएको छ । सत्तारुढ दल भारतीय जनता पार्टीले प्रचण्ड बहुमत प्राप्त गरीरहँदा विपक्षी कांग्रेस जम्मा ५२ निर्वाचन क्षेत्रमा जित हात पारेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार भारतीय कांग्रेसले ५२ निर्वाचन क्षेत्रमा जित हात पारेको छ भने उसको नेतृत्वमा रहेको संयुक्त प्रगतिशील गठबन्धनले ८५ निर्वाचन क्षेत्रमा जित हात पारेको हो ।

दक्षिणी छिमेकी भारतमा फेरी नरेन्द्र मोदीका सरकार आइरहँदा त्यसले नेपालमा कस्तो प्रभात पार्ला ? हामीले परराष्ट्रविद राजेश्वर आचार्यसँग कुराकानी गरेका छौ ।

हेर्नुहोस् भिडियाेः

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै

सिफारिस

नेभिगेशन

हाम्रो बारेमा

नेपालचित्र डटकममा समाजका विभिन्न आयाम, परिवेश, मौलिकता झल्कने विषयवस्तुका साथै समसामयिक घटनाक्रम पढ्न र हेर्न पाइनेछ । ‘नामअनुसार काम’ भनेझैं नेपालचित्रले विशेषतः भिडिओ सामग्रीमा जोड दिनेछ । [विस्तृत]

हाम्रो टिम

प्रकाशक – किरण पाैडेल/विशाल सापकाेटा

सम्पर्क

ठेगाना : अनामनगर, काठमाडौं

फोन : ९८४५२२८६२७, ९८४३८३९२३४

इमेल : [email protected]

© copyright 2016-2019 and all right reserved to Nepal Chitra | Site By : SobizTrend Technology