Nepal Chitra

सोमवार, मंसिर ३०, २०७६

Trending Now

एसियन हिरो सनले बनाए सानदार यूरोपियन किर्तिमान

  • नेपाल चित्र
  • सोमवार, बैशाख ९, २०७६
एसियन हिरो सनले बनाए सानदार यूरोपियन किर्तिमान

एसियन हिरो दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले दुई गोल गरेपछि टोटेनहम हट्सपरले बुधबार च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान पक्का गरेको छ । म्यानचेस्टर सिटीको घरेलु मैदानमा ४-३ ले पराजित भएपनि अवे गोलको आधारमा टोटेनहम अन्तिम चारमा पुगेको हो ।

बुधबार खेलको चौथो मिनेटमा नै १-० ले पछाडी परेको टोटेनहमका लागि सनले खेलको सातौं र दशौँ मिनेटमा गोल गर्दै २-१ को अग्रता दिलाएका थिए । तर सनको गोलले दिलाएको अग्रता लामो समय टिकेन । बर्नार्डो सिल्भाले एक मिनेटपछि नै बराबरी गोल फर्काउँदा स्टरलिङले २१ औं मिनेटमा गोल गर्दै सिटीलाई अगाडी बढाए ।

सनले यसक्रममा च्याम्पियन्स लिगमा कीर्तिमान भने रचिसकेका थिए । पहिलो लेगमा १-० को जित दर्ता गर्दा एकमात्र गोल गरेका सनले च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने एसियन खेलाडीको रुपमा आफूलाई उभ्याएका छन् । उनले हालसम्म च्याम्पियन्स लिगमा १२ गोल गरिसकेका छन् । यसअघि उक्त कीर्तिमान डिनामो किएभबाट खेल्ने उज्बेकिस्तानका माक्सिम शात्सिकको नाममा रहेको थियो ।

सनले यस सिजन स्पर्सका लागि सबै प्रतियोगितामा २० गोल गरिसकेका छन् । २६ वर्षीय फरवार्डले ह्यारी केनको अनुपस्थितिमा टोटेनहमको आक्रमण सम्हाल्दै गोल गर्ने जिम्मेवारीलाई कुशलतापूर्वक वहन गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै

सिफारिस

नेभिगेशन

हाम्रो बारेमा

नेपालचित्र डटकममा समाजका विभिन्न आयाम, परिवेश, मौलिकता झल्कने विषयवस्तुका साथै समसामयिक घटनाक्रम पढ्न र हेर्न पाइनेछ । ‘नामअनुसार काम’ भनेझैं नेपालचित्रले विशेषतः भिडिओ सामग्रीमा जोड दिनेछ । [विस्तृत]

हाम्रो टिम

प्रकाशक – किरण पाैडेल/विशाल सापकाेटा

सम्पर्क

ठेगाना : अनामनगर, काठमाडौं

फोन : ९८४५२२८६२७, ९८४३८३९२३४

इमेल : [email protected]mail.com

© copyright 2016-2019 and all right reserved to Nepal Chitra | Site By : SobizTrend Technology