Nepal Chitra

सोमवार, मंसिर ३०, २०७६

Trending Now

टाइटलबाट अब दुई जित टाढा

  • नेपाल चित्र
  • सोमवार, बैशाख ९, २०७६
टाइटलबाट अब दुई जित टाढा

जोर्डी अल्बाले फेरि एकपटक आफ्नो कौशल देखाएका छन् र ला लिगामा रियल सोसिडाडविरुद्ध बार्सिलोनालाई जिताएका छन् । शनिबार राति हात पारेको २–१ को जितसँगै बार्सिलोना ला लिगाको उपाधिबाट मात्र दुई जित टाढा छ ।

घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले पहिलो हाफको अन्तिम मिनेटमा लेङलेटको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफमा सेडिडाडले गोल फर्कायो । उसका लागि ६२ औं मिनेटमा जाउनामीले गोल गरे ।

तर, दुई मिनेटपछि नै अल्बाले गोल गरे । यसो त सोसिडाडका गोलरक्षकले एक हातले बल क्लियर गर्दै लुइस स्वरेजको गोल गर्ने प्रयासलाई उत्कृष्ट ढंगले असफल पारेका थिए ।

जितसँर्ग बार्सिलोनाले ९ अंकको अग्रता कायम गरेको छ । उसको ३३ खेलबाट ७७ अंक भएको छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको समान खेलबाट ६८ अंक छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै

सिफारिस

नेभिगेशन

हाम्रो बारेमा

नेपालचित्र डटकममा समाजका विभिन्न आयाम, परिवेश, मौलिकता झल्कने विषयवस्तुका साथै समसामयिक घटनाक्रम पढ्न र हेर्न पाइनेछ । ‘नामअनुसार काम’ भनेझैं नेपालचित्रले विशेषतः भिडिओ सामग्रीमा जोड दिनेछ । [विस्तृत]

हाम्रो टिम

प्रकाशक – किरण पाैडेल/विशाल सापकाेटा

सम्पर्क

ठेगाना : अनामनगर, काठमाडौं

फोन : ९८४५२२८६२७, ९८४३८३९२३४

इमेल : [email protected]

© copyright 2016-2019 and all right reserved to Nepal Chitra | Site By : SobizTrend Technology